वडास्तरीय भलिबलमा महिला टिमको सहभागिता शून्य

पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको वडास्तरीय भलिबल प्रतियोगितामा महिला सहभागिता शून्य रहेको छ। महानगरकै आयोजनामा हुने प्रतिस्पर्धामा वडाहरुले टिम पठाउन नसक्दा महिला सहभागिता शून्य हुन पुग्यो।...

सम्बन्धित सामग्री

नेपालमा महिला सहभागिता उल्लेखनीय: उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताएकी छिन्।...

खेलकुदमा महिला सहभागिता बढाउन जोड

जुम्ला – खेलका माध्यमबाट महिला सशक्तिकरण बढाउन जोड दिँदै जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ। महिला भएकै कारण हुने विभेदबाट खेल क्षेत्र पनि अछुतो नभएको भन्दै कार्यक्रमका सहभागीहरूले सरकारीस्तरबाटै यस्ता कार्यक्रमको ल्याउन जोड दिए। उनीहरूले अझै पनि नेतृत्व तहमा महिलाको उपस्थिति एकदमै न्युन रहेको बताए। ठूला खेलकुद प्रतियोगिता आयोजनामा महिलाको सहभागीता […]

राष्ट्रपति महिला सहभागिता अभिवृद्धि कार्यक्रम २१ जिल्लामा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।...

रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया ग

राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिता’ विषयक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको हो …

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता

डडेल्धुरा, १३ फागुन: संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ । सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी […]

‘महिला हिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अपरिहार्य’

मोरङ – महिला हिंसा न्यूनीकरणका लागि पुरुष सहभागिता जरुरी रहेको पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन्। सुनसरीको इटहरी उपमहानगरपालिकामा बिहीबार सम्पन्न लै‌ंगिक हिंसाविरुद्धको सम्मेलनमा पूर्वमन्त्री डा. तुम्बाहाङ्फेले महिला हिंसा न्यूनीकरणका लागि सबैले आ–आफ्नो पक्षबाट अभियान थाल्नुपर्नेमा जोड दिइन्। त्यसैगरी, महिला हिंसा न्यूनीकरणका अभियान महिला लक्षित मात्र नभई पुरुष लक्षितसमेत हुनुपर्ने बताइन्। कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी […]

पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने नेत्रीहरूको माग

काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...

एक तिहाई महिला सहभागिता गराउलान दलहरुले

संविधानतः राजनीतिक दलको नेतृत्वमा महिला सहभागिता ३३ प्रतिशत अनिवार्य हुनुपर्ने हो तर दलहरुमा महिला सहभागिता न्यून छ । अहिले शीर्ष दलहरु महाधिवेशनको तयारीमा रहेका बेला महिलालाई पदाधिकारीसहित एक तिहाई सहभागिताको माग गरिएको छ । दलहरु नयाँ नेतृत्व चयनको कसरतमा लागिरहेका बेला अन्तरपार्टी महिला सञ्जालले निर्वाचन ऐन एवं नेपालको संविधानको पूर्णरुपमा पालना गर्न सम्पूर्ण दलको ध्यानाकर्षण …

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताए । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रब...