आहा तोरी बारी (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेकाे छ । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियाे बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । ताेरीकाे तेल खाने तेल मध्ये […] The post आहा तोरी बारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

बराहक्षेत्रमा जङ्गली हात्ती धपाउन रातभर जागै बस्छन् स्थानीय

बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्‍याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।...

खोकनाको तोरी बारी : पहिले तोरी फुल्थ्यो, अहिले घर ठडिए

ललितपुर । केही वर्षअघिसम्म ललितपुरको खोकना तोरी फुल्ने सिजनमा पहेंलपुर देखिन्थ्यो । तोरी खेतीसँगै शुद्ध तोरीको तेलका लागि प्रसिद्ध खोकनामा अहिले भने तोरी फुल्ने बारीमा घर ठडिन थालेका छन् । अर्थात् अहिले खोकना आफ्नो पहिचान गुमाउने अवस्थामा छ । यही अवस्था रहे अबको केही वर्षमा खोकनाको तोरी बारी  फोटोमा मात्र सीमित नरहला भन्न सकिन्न ।  अहिले खोकनाको तोरी उत्पादन घटेको छ । अहिले यहाँका स्थानीयले आफ्नै परिवारका लागि दुई/चार महीना पुग्ने मात्र लगाउँछन् ।  अहिले खोकनामा स्थानीय उत्पादनको नभई सात समुद्रपारिबाट आयातित तोरी पेल्ने गरिएको छ । खोकना मात्र हैन नेपालमै पनि तोरीको उत्पादन घटेपछि विदेशबाट तोरी मगाउनुपर्ने बाध्यता रहेको तेल मिलका सञ्चालक कान्छा महर्जन बताउँछन् । खोकनाको पहिचान जोगाउनुपर्छ भन्नेहरू अहिले पनि तोरी भुटेर परम्परा धान्न प्रयत्न गर्दै छन् । पहिला तेल बेच्न विभिन्न ठाउँमा चहार्ने खोकनाका किसानहरू हिजोआज तेल किन्न विभिन्न ठाउँमा धाउँछन् । केही वर्षअघिसम्म खोकनाबासीको तोरी खेती गर्ने र स्थानीय मिलमा पेलेर तेल बेच्ने मुख्य पेशा थियो । अचेल भने तोरी लगाउनै छाडेको स्थानीय युवा सञ्जय महर्जन बताउँछन् । खोकनाबासीले धान भित्र्याउने बित्तिकै तोरी छर्ने गर्थे । पुस-माघमा खोकनाका फाटँहरू पहेंलपुर हुने गर्थे । हिजोआज तोरी लगाउने खेतमा घर, कारखाना, रेष्टुरेन्ट एवं कोलोनी बन्न थालेका छन् । बाँकी रहेको जमीन पनि कि त बाँझै छ कि अन्य खेती हुन थालेको छ । कतिपयले जमीन लिजमा दिइसकेका छन्। भूकम्पले घरहरू ध्वस्त भएपछि पुनर्निर्माणको लागि पैसा जोहो गर्न तोरीबारी तथा खेतहरू बेचिएका कारण पनि तोरी फुल्ने बारीमा घरहरू ठडिए। सिँचाइको समस्या र सधैं एकै प्रकृतिको तोरी लगाउनु र माटोको परीक्षण नगरिनुजस्ता कारणले पनि तोरीको उत्पादन खस्कँदै गएको महर्जन बताउँछन् । यही क्रम रहे केही वर्षमै तोरीबारीको स्थानमा टहरा र घरले भरिने पक्का छ ।

सर्लाहीको नारायण खोलामा ६ विघाको गाँजाखेती फँडानी

प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ६ बिघा जमिनमा गरिएको गाँजा खेती फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरी बारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

पहेंलपुर तोरी बारी

ललितपुरको खोकनामा तोरी बारीमा उम्रेका झार उखल्दै एक महिला। तस्बिर: निशा भण्डारी