समानुपातिक उम्मेदवार छान्न माओवादीको पदाधिकारी बैठक जारी

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । समानुपातिक तर्फका उम्मेदवार आजै टुंगो लगाउने पार्टीको तयारी छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका छ । यससँगै ठूला राजनीतिक दलहरु उम्मेदवारको सूची तयार पार्न व्यस्त बनेका छन् । नेकपा (एमाले)ले पनि आजै उम्मेदवार टुंगो लगाउने तयारीका साथ सचिवालय बैठक बोलाएको छ । भ