नेपाल चेम्बर अफ कमर्सले पर्यटक आकर्षण गर्न र लगानी मार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत शंकर शर्मासँग आग्रह गरेको छ । मंगलबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले भारतका लागि नवनियुक्त राजदूत शर्मासँग भेटवार्तामा गरी यस्तो आग्रह गरेको हो । सो अवसरमा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको छ । अध्यक्ष मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भ