बागमती प्रदेशमा बर्डफ्लू देखिएका ठाउँका ५८ हजार पन्छी नष्ट

हेटौंडा : बागमती प्रदेशमा बर्डफ्लू देखिएका ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरिएको छ। प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेशका विभिन्न जिल्लाका बर्डफ्लू देखिएको ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरेको जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म प्रदेशका ६ वटा जिल्लामा बर्डफ्लू फैलिइसकेको छ। बर्डफ्लू देखिएका स्थानका २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव डा.शरणकुमार