रमेश क्षत्री/पोखरा, हाल सिसेल्स ।
परदेशीलाई घर आउँदा जति खुसी अघिपछि कहिले होला र । घर आउने भनेर सोच्न थालेदेखि नै मन खुसी हुन्छ ।
जब देशमा पाइला टेकिन्छ मन त खुसीले नाचेको हुन्छ । तर जब देशको व्यवस्था र अस्तव्यस्त अवस्था देख्छु तब मन चसक्क दुख्छ । लाग्छ आमा बिनाको सन्तानजस्तै लाग्छ देश ।
विमानस्थलमा पाइला टेकेदेखि नै सास्ती सुरु हुन्छ । बाहिर निस्कियो जताततै गगनचुम्बी भवन मात्र देखिन्छ । बाटो हेर्यो उस्तै भिडभाड । लाग्छ यहाँ सबै जना दौड जित्न निस्किएका हुन् । जता हेर्यो त्यतै मान्छेको भिड पनि थेगी नसक्न...