काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखीभन्दा पनि निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवर्द्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब सरकारले राख्न […]