त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द, कतार एयरवेजको विमान होल्डमा

धावनमार्गमा मार्किङका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द गरिएको छ । शनिबार ४ बजेपछि विमानस्थलमा अवतरण र उडान रोकिएको हो ।एक घण्टाका लागि विमानस्थल बन्द हुँदा कतार एयरवेजको विमान होल्डमा परेको छ । सो विमान भारतको आकाशमाथि होल्डमा छ ।