सुन्दर भर्सेस कुरूप

अन्त्यमा सुन्दरता एक आम शब्द हो। सुन्दर भनेर सम्बोधन हामी कला, साहित्य, प्रकृति सबैलाई गर्छौं तर सुन्दर भन्नु अघि यस्तै चिजलाई सुन्दर भन्नुपर्छ भन्ने अरू चिजहरूमा  कुनै मापदण्ड छैन।  तर मानिसमा अझै भन्नुपर्दा महिलाको हकमा हामीसँग सुन्दरताका यस्ता मापदण्डहरू छन् जसले अधिकांशलाई सुन्दर होइन कुरूपको दर्जामा धकेल्छ।