शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनश सेयर कति ?

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको बैंक सञ्चालक समितिको २४४ औँ बैठकले लाभांश प्रस्ताव गरेको हो ।बैंकले चुक्तापूँजीको १०.९३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश १ करोड ९६ लाख ७ हजार ६३७ रुपैयाँ १२ पैसा र १०.९३ प्रतिशत बोनश शेयरका लागि ३७ करोड २५ लाख ४५ हजार १०५ रुपैयाँ २५ पैसा प्रस्ताव गरिएको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ । बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँ छ । बोनश वितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड पुग्नेछ ।