सुक्खायाम बढीमा २५० मेगावाट विद्युत् आयात गरिने

सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उहाँका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

सुक्खायाम लागेसँगै भारतबाट विद्युत् आयात शुरू

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम शुरू भएसँगै भारतबाट विद्युत् आयात शुरू गरेको छ । सुक्खायाम लागेसँगै खोला तथा नदीमा पानीको बहाव घटेर देशभित्रका विद्युत्गृहबाट उत्पादन घट्न थालेको छ । आन्तरिक माग बढ्दै जाँदा त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात शुरू गरिएको हो । यस्तै शुक्रवार रातिदेखि विद्युत् निर्यात बन्द हुने प्राधिकरणले बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युत्को अधिकतम माग १ हजार ७०० मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात शुरू गरिएको बताए । ‘अहिले विद्युत् उत्पादन र माग करीब बराबर छ, हाम्रा अर्ध जलाशययुक्त विद्युत्गृहमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक आवरमा चलाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने । चैत र वैशाखमा विद्युत् आयातको परिणाम केही बढे तापनि यस वर्ष आयातभन्दा निर्यात बढी हुने अवस्था रहेको उनले बताए । ‘आगामी वैशाखको दोस्रो हप्तादेखि विद्युत् निर्यात पुन: शुरू हुनेछ, यस वर्ष करीब ९०० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदै छ, त्यसैले अर्को वर्ष २५–३० अर्ब रुपैयाँको विद्युत् निर्यात हुनेछ,’ उनले भने । ‘दुई देशबीचको प्रसारण सञ्जाल सुधारका लागि ठूलो क्षमताका लाइन बनिरहेका छन् । देशभित्र पनि जलविद्युत् आयोजनाको निर्माण भइरहेका छन्, आगामी पाँच वर्षभित्र वार्षिक करीब १ खर्ब रुपैयाँको विद्युत् निर्यात हुने अवस्था देखिएको छ ।’  गत जेठदेखि मङ्सिरसम्ममा नेपालले १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष गत २८ जेठदेखि भारतीय बजारमा विक्री शुरू गरेको थियो । प्राधिकरणले सो अवधिमा दैनिक रूपमा अधिकतम ७०० मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर २० सम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत विक्रीदर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई विक्री गरिरहेको थियो । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरेको थियो । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५४७ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

२१ मंसिर, काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे […]

अफगानिस्तानमा एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता छ : तालिबान

काबुल- अफगानिस्तानलाई हाल एक हजार ५०० मेगावाट विद्युतको आवश्यकता रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल अफगानिस्तानले ७२० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ । विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ […]

फेरि भारतबाट बिजुली किन्न शुरू, दैनिक औसत १७० मेगावाट विद्युत् आयात

काठमाडौं ।  झण्डै सात महिनासम्म भारतमा बिजुली बिक्री गर्दै  आएको नेपाल विद्युत् प्राधिकरणले एक सातादेखि भारतबाट पुनः बिजुली खरिद गर्न थालेको छ । चिसो मौसम बढेसँगै विद्युत्को माग उच्च भएको तथा हिउँ जम्दा नदीमा पानीको बहाब घटेसँगै विद्युत् उत्पादन घटेकाले माग व्यवस्थापन गर्न भारतबाट दैनिक औसत १७० मेगावाट विद्युत् खरिद गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले […]

स्वदेशी उत्पादन बढेपछि विद्युत् आयात घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विस्तारै विद्युत् आयात घटाउँदै लगेको छ।पछिल्लो साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ। जसका कारण आयात पनि कम गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार हाल नेपालमा दैनिक करिब २९ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ। नियमित पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा सुधार आएको हो।३३ हजार मेगावट प्रतिघण्टा माग धान्नका लागि

भारतबाट हुुने विद्युत् आयात प्रभावित, प्राधिकरणलाई संकट

९ चैत, काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने देखिएको छ । नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार दैनिक १२ हजार मेगावाट/आवर बिजुली भारतबाट ल्याउनुपर्छ […]

विद्युत् आयात निर्यातमा सहजता

नेपालको विद्युत् उत्पादन बढ्दै जाँदा भारतीय बजारमा यसको विक्रीका लागि केही सहज वातावरण बन्दै जान थालेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्जबाट विद्युत् किन्न पाउने गरी यसको सदस्य बन्न पाएको छ । यसले विद्युत् किन्नका लागि सहज बनाएको छ तर यसैमार्फत आगामी दिनमा विक्रीका लागि पनि बाटो खुलाउन सकिन्छ । भारतले त्यति बेलामात्रै नेपालसँग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायतले नेपालको विद्युत् नै महँगो छ । प्राधिकरण भारतीय विद्युत् एक्सचेन्जको सदस्य बन्नु विद्युत् किनबेचका लागि महत्त्वपूर्ण हो । तर, यो मात्रै पर्याप्त हुने देखिँदैन । नेपालले विद्युत् निर्यातको सपना देखेको दशकौं बितिसकेको छ । भारतमा मात्र होइन, बंगलादेशसँग समेत विद्युत् विक्रीका लागि पहल गरिरहेको छ र उसले यसका लागि सहमतिसमेत जनाइसकेको अवस्था छ । भारतसँग विद्युत् किनबेचका लागि पटकपटक गरी खुकुलो बनाइँदै छ । किनबेचका लागि भइरहेका पहल सकारात्मक देखिए पनि तिनको गति भने निकै सुस्त छ । यसो हुनुमा नेपालले पर्याप्त तयारी नगरी वार्तामा बस्नु र भारतीय पक्षले कुनै नयाँ विषय उठाएपछि त्यसको विषयमा निर्णय दिन नसक्नु एउटा प्रमुख कारण हो । भारतले नेपालप्रति जति आत्मीयता देखाए पनि व्यवहारतः ऊ आफ्नो स्वार्थबाट एक इन्च पनि तलमाथि गर्ने गरेको छैन । यसो गर्नु उसका दृष्टिबाट सही नै होला तर त्यसैअनुसार नेपालले आफ्नो रणनीति बनाएर उसलाई विश्वस्त पार्न नसकेको देखिन्छ । तैपनि पछिल्ला समय भारतले नेपालको केही चासोलाई सम्बोधन गर्न थालेको देखिन्छ । विद्युत् किनबेचमा भइरहेका प्रगति नै यसको उदाहरण हो । अब नेपालले विद्युत् विक्रीका लागि पनि यो एक्सचेजमार्फत पहल बढाउन आवश्यक छ । अहिलेको अवस्थामा भारतले विद्युत् किन्न सहमति दिए पनि त्यसका लागि नेपाल तयार भएको अनुभूति हुँदैन । पहिलो त नेपालले कहिलेसम्म कति परिमाणमा विद्युत् विक्री गर्न सक्छ भन्ने कुनै फ्रेमवर्क देखिँदैन । अर्को, अहिले वर्षायाममा रातको समयमा विद्युत् खेर गइरहेको छ भने बढी माग भएको समयमा भारतबाट आयात गर्नुपर्ने बाध्यता अझै केही वर्ष हट्ने सम्भावना देखिँदैन । बजार नहुँदा ठूला विदेशी लगानीकर्ता हिचकिचाएको अवस्था पनि छ । बजार सुनिश्चित भए ठूलो लगानी भित्रिने सम्भावना नभएको होइन । तर, भारतले आफ्नो रणनीतिक स्वार्थ बाझिने मुलुकको लगानीबाट उत्पादित बिजुली नकिन्ने नीति नै बनाएको छ । यस्तोमा भारतलाई विश्वासमा लिएर बजारको सुनिश्चिता खोज्नु आवश्यक छ । विद्युत् प्राधिकरण विद्युत् विक्रीका लागि प्राविधिक, व्यवस्थापकीय र प्रतिस्पर्धी क्षमताका आधारमा अपरिपक्व छ । यसको उदाहरण केही समयअघि भारतको दिल्लीस्थित डीआरपीएल नामको वितरण कम्पनीले आह्वान गरेको ठेक्कामा बढी मूल्यकै कारण प्राधिकरण पहिलो चरणमै बाहिरिएको थियो । २५ मेगावाट विद्युत् आपूर्तिका लागि उसले कबोलेको मूल्य निकै बढी भएकाले बाहिरिन परेको बताइन्छ । नेपालले कति मूल्यमा भारतीय कम्पनीलाई विद्युत् बेच्न सक्छ भन्ने कुनै अध्ययन भएको छैन । नेपाल भारतलाई विद्युत् बेचेर उन्नतितर्फ लागेको भुटानबाट लोभिएको देखिन्छ । तर, भुटानले कति मूल्यमा भारतलाई बिजुली बेचेको छ, उसको लागत कति छ भन्नेमा समेत अध्ययन गरेको पाइँदैन । भारतले त्यति बेलामात्रै नेपालस“ग विद्युत् किन्छ जतिबेला नेपालको विद्युत् मूल्य प्रतिस्पर्धी हुन्छ । जग्गा अधिग्रहणका झमेलालगायत नेपालको विद्युत् नै महँगो छ । भारतले सौर्य ऊर्जामा ठूलो लगानी गरेको छ । २०२२ सम्ममा उसले १७५ गिगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ जुन २०३० सम्ममा ४५० गिगावाट पुर्‍याइनेछ । जलविद्युत्भन्दा सौर्य ऊर्जाको लागत सस्तो पर्छ र यसमा प्रविधिको सुधार हुँदै जाँदा स्टोर गर्न पनि सस्तो हुँदै जाने देखिन्छ । त्यसैले नेपालले मूल्यमा थप प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपालले निर्यातका लागि ढिला गरे भारतीय बजारले विकल्प खोजी सक्ने हुँदा त्यसैअनुसार अघि बढ्न ढिला गर्नु हुँदैन ।

टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याइने

नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको...

हिउँदमा टनकपुरबाट ३० मेगावाट विद्युत् आयात सम्झौता - Naya Patrika

ढल्केबर–मुजफ्फरपुरको विद्युत् खरिद नवीकरण गर्न प्राधिकरण टोली भारत जाँदै – नेपाल विद्युत् प्राधिकरणले हिउँदयाममा हुने उच्चतम बिजुलीको लोडलाई व्यवस्थापन गर्न टनकपुर सबस्टेसनबाट ३० मेगावाट विद्युत् आयात सम्झौता नवीकरण गरेको छ...पूरा पढ्नुहोस् »