रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै वर्षदेखि रुसको पतनको लागि सम्पूर्ण पश्चिमले सपना देखेको र त्यसका लागि काम पनि गरेको तर उनीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् । उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ)को बैठकपछि उनले सञ्चारमाध्यमलाई भने, ‘दशकसम्म पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए तर रुस यथावत् नै रहेको छ । पश्चिमी देशहरूले रुसको विनाश कहिल्यै देख्ने छैनन् ।'उनले युक्रेनमा सञ्चालित सैन्य कारबाही यस्तै अवस्थालाई रोक्नको लाग