त्रिविका उपकुलपति कहिले पनिका, कहिले पाङ्ग्रेघर

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् । जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) […]

सम्बन्धित सामग्री

उपकुलपतिविहीन ३ विश्वविद्यालय, नियुक्ति प्रकृया कहिले ?

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको २८ दिन बितिसकेको छ।विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको फागुन ६ गते बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।तर हालसम्म नियुक्ति प्रकृया अगाडि बढ्न सकेको छैन। सरकारले समयमा उपकुलपति छनोट गर्न नसक्दा १८ दिनदेखि निमित्तको भरमा उक्त विश्वविद्यालय चलेको छ। पूर्वाञ्चल विश

तीन विश्वविद्यालय पदाधिकारीविहीन, उपकुलपति नियुक्ति प्रक्रिया नै अन्योलमा

तीन विश्वविद्यालयले कहिले उपकुलपति पाउने छन् भन्नेमा अन्योल सिर्जना भएको छ । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छन् र काम चलाउनका लागि कसैलाई पनि जिम्मेवारी दिइएको छैन । विश्वविद्यालयमा उपकुलपति रिक्त हुनुअघि नै प्रक्रिया थालेर नयाँ उपकुलपति छनोट गर्ने र उपकुलपतिको पदावधि सकिएकै दिन नयाँलाई प्रतिस्थापन गर्ने विधि राज्यले अँगाल्न सकेको छैन । शिक्षाविद्हरू राष्ट्रिय सभामा सांसदको अवधि सकिए अगाडि नै नयाँ सांसदको छनोट भइसक्ने र रिक्त भएको भोलिपल्टै नयाँलाई शपथग्रहण गराउने अभ्यास जस्तै विश्वविद्यालयमा पनि गर्न सकिने बताउँदै त्यसतर्फ कसैको सोच नगएकोमा शिक्षाविदहरूले दुःख व्यक्त गरेका छन् ।

मध्य र सुदूरपश्चिमका भिसी छनोट मापदण्ड सच्याइँदै, कहिले खुल्छ आवेदन ?

काठमाडौँ : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको १० दिन बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सूचनामा भनिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलप

त्रिविमा उपकुलपति र रजिस्ट्रार खाली, कहिले पाउँछ त्रिविले नेतृत्व ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ ।

त्रिविको तालाबन्दी कहिले खुल्छ ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा गएको माघ ७ गतेदेखि लगाइएको ताला अझै खुलाइएको छैन । जनकपुरस्थित युथ क्याम्पसलाई ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमका लागि आफैँले दिएको सम्बन्धनमा ३२ लाख रुपैयाँ घुस नपाउँदा खारेज गरेको भन्दै नेपाली कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीले त्रिविको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका थिए । ताला...

त्रिविका पदाधिकारी कहिले पनिका त कहिले ‘पाङ्ग्रेघर’मा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टार प्राडा शिवलाल भुसाल र शिक्षाध्यक्ष प्राडा पेशल दाहालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रि

दिगो विकासका लागि अनुसन्धान

कुनै पनि देशको विकासको आधार भनेको त्यस देशको शैक्षिक विकास र त्यससँग जोडिएको देशहित अनुकूलको अनुसन्धान हो । कोरोनाको महामारीको समयमा पनि देखिहाल्यौँ आर्थिक रूपमा सम्पन्न देशहरूले खोपमा लगानी गरे र त आज हामी खोप पाउने तरखरमा छौँ । हाम्रा वैज्ञानिकहरू पनि त्यसमा सहभागी भए होलान् तर अहिले हामी संसद् विघटनको पक्ष र विपक्षमा विभाजित भएर सडकमा छौँ । अनुसन्धानको संस्कृति कहिले बसाल्ने ? सन् १९८० को दशकमा चीनलाई बदल्न त्यहाँका दूरदर्शी नेता देङ स्याओ पिङले कृषि, उद्योग, सुरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा आधुनिकीकरणको घोषणासँगै त्यहीअनुरूप कार्य गर्नुभयो । यी सबैका लागि शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ भन्ने उहाँलाई राम्ररी चेत थियो र त आज चीनले निकै छोटो समयमा दुनियाँले सिक्न सक्ने यत्रो परिवर्तन ग¥यो । मानव संसाधन विकास र औद्योगिक वा आर्थिक विकासलाई सँगसँगै लैजान सक्नु दूरदर्शी नेताको परिचय हो । शिक्षा ज्ञानका लागि मात्र नभएर उत्पादन बढाउन र नवीनतम खोजका लागि बढी प्रयोग गर्न सक्नुपर्छ । हामीभन्दा सानो देश दक्षिण कोरियाले शिक्षामा ल्याएको क्रान्तिले सन् १९८०–९० को दशकमा प्रजातन्त्रीकरण र आर्थिक समृद्धिको ठूलो आधार खडा ग¥यो । दोस्रो विश्वयुद्धमा थला परेको जापानले पनि शिक्षालाई केन्द्रीय भूमिका राखेर नै तीव्र आर्थिक उन्नति गरेको उदाहरणहरू हाम्रा सामु छन् । विश्वविद्यालयमा प्राध्यापकहरूले भोटिङ गरेर कुलपति तथा उपकुलपति चुन्ने व्यवस्था गरी जति सक्यो चाँडो शैक्षिक क्षेत्रमा दलीय राजनीति बन्द गरिनुपर्छ । अनि, जब राष्ट्रपतिमार्फत देशले सम्मानस्वरूप दिने पदकहरू दलीय भागबन्डा, हितैषी, परिवारका सदस्यहरू, गुन्डा र भ्रष्टका हातहरूमा पुग्छ तब त्यागीहरूको मन टुट्छ र देशको शिर निहुरिन्छ ।