काठमाडौँ– दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ। आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो। ‘२२ खेलाडी मार्की आएको छ। यसमा केही परिवर्तन हुन सक्छ,’ श्रोत भन्छ। आयोजकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ। […]