बेनिनको पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु

गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अनुसार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्। पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ। इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको