लमजुङको पैह्रेमा 'पानी माग्दै' लगाइयो लघु रुद्री पूजा

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा रहेको तारकेश्वर शिवालय मन्दिरमा 'पानी माग्दै' बृहत् लघु रुद्री लगाइएको छ । पानी पार्न, मौलिक कला, परम्परा संस्कृतिको जगेर्नाका साथै विश्व समुदायको सुख–शान्तिको कामना गर्दै बृहत् लघु रुद्री लगाइएको तारकेश्वर शिवालय मन्दिरका अध्यक्ष रामहरि न्यौपानेले बताउनु भयाे ।  पाणेनी संस्कृत मावि दुराडाँडामा अध्ययनरत ८ जना बटुक, ३ जना ब्राह्मण गुरु र स्थानीय अन्य १० जना गरी २० जना ब्राह्मण टोलीद्वारा सबै समुदायका मानिसहरु एकआपसमा जमघट...