पर्यटक आकर्षित गर्न डुंगा दौड

मुलुकका सय पर्यटकीय गन्तव्य स्थलमा परेको रामपुरको तालपोखरामा तेस्रो डुंगा दौड प्रतियोगिता सम्पन्न गरिएको छ । मिनी फेवातालका रूपमा परिचित यस तालमा मंगलबार रामपुर नगरपालिका, ताल पोखरा संरक्षण समिति, वडा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रतियोगिता आयोजना गरेका हुन् ।