भारततर्फ तस्करी गर्न लागिएको २० लाख रुपैयाँ बराबरको सुपारी, छोकडा र मरिच बरामद

वीरगञ्ज– प्रहरीले वीरगञ्जबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा सुपारी, छोकडा तथा मरिच लगायतका सामानहरु नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ र्सिसियास्थित सडकखण्डबाट प्रदेश नं.२–०३ –००१ थ ०००१ नम्बरको ट्र्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरिएको अवस्थामा सुपारी,छोकडा मरिच लगायतका सामानहरु नियन्त्रणमा लिएको हो। भारततर्फ तस्करी हुन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ट्र्याक्टरलाई रोकेर चेकजाँच गर्दा टयाक्टर […]