जसपा विवाद: ठाकुर पक्ष यादवले बोलाएको बैठकमा गएन

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समितिको बैठक अवैधानिक भएको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ। ठाकुर पक्षले यादवले बोलाएको बैठक एकल निर्णयमा भएको बताएको छ। सल्लाह र सहमतिबिना बोलाएको बैठकको औचित्य नभएको ठाकुर पक्षका नेता मनिष मिश्रले बताए। पार्टीमा बहुमतमा रहेका यादवले समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

सम्बन्धित सामग्री

जसपा विवाद : ठाकुर पक्षका सांसदको पद धरापमा

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पाउने लगभग निश्चित भएपछि महन्थ ठाकुर पक्षका सांसदहरुको पद धरापमा परेको छ । सांसद पद जोगाउनका लागि महन्थ ठाकुरले पनि ४० प्रतिशत पुर्याउनुपर्छ वा जसपामै रहेर मात्रै सांसद पद जोगिने छ ।निर्वाचन आयोगले गठन गरेको इजलासले हेड काउन्ट गर्ने भनी आयोगमा नागरिकताका साथमा कार्यकारिणी सदस्यहरुलाई उपस्थित हुन जसपाका महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई आदेश दिएको छ । साउन ११ गतेका लागि कार्यकारिणी सदस्यहरुलाई बोलाइएको छ । उपेन्द्र यादवसँग कार्यकारिणी

जसपाको छिनोफानो रोक्न ठाकुर पक्ष अदालत पुग्यो

काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधर निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेको छ । जसपा विवाद निरुपण गर्न ११ साउनमा आयोगले मिति तोकेर केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने निर्णय लिएपछि त्यसविरुद्ध ठाकुर पक्ष अदालत पुगेको हो । ठाकुरले निर्वाचन आयोग र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका […]

जसपा विवाद अब इजलासमा

काठमाडौं, असार २३ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा […]

जसपा विवाद : महन्थ ठाकुरले किर्ते गरेको उपेन्द्र यादवको आरोप

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते गरिएको आराेप लगाएको छ । जसपा अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता निर्वाचन आयोगलाई बुझाउनुभएको थियो । ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा सामेल हुँदै आएको छ ।

जसपा विवाद : ठाकुर पक्षले फेरि मागेको थप समय दिन आयोगद्वारा अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अनुसूची अनुसार प्रक्रिया पुर्याउनका लागि निर्वाचन आयोगसँग मागेको थप समय आज सकिएको छ । निर्धारित समयमा ठाकुर पक्ष आयोगमा नपुगेपछि आयोगले एक पक्षले अर्को अध्यक्षसहितलाई गरेको कारबाही हटाएको अभिलेखिकरण गर्न सकिने निर्णय गरेको छ । उसले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१...

शीर्ष नेता निष्कासनसम्म पुग्यो जसपा विवाद

- उपेन्द्रले महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निकाले, जवाफमा ठाकुरले यादवलाई निष्कासन गरे, दुवै पक्षको पत्र आयोगमा -  ठाकुर पक्ष सरकारमा जाने तयारीमा, यादव पक्ष संसद् पुनस्र्थापनाको...