यी हुन् युरो–२०२० को समूह चरणबाटै बाहिरिने टिम

एजेन्सी। युरो–२०२० मा गएरातिबाट समूह चरणका खेल सकिएका छन्। समूह चरणका खेल सकिँदा १६ टिमले नकआउट चरणमा स्थान बनाउँदा आठ टिम प्रतियोगिताबाट बाहिरिएका छन्। टर्की, रूस, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगरी समूहको पुछारमा रहे। स्लोभाकिया र फिनल्यान्ड तेस्रो स्थानमा रहेर पनि बाहिरिए। ६ समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिमले मात्र नकआउटमा स्थान बनाउँछन्।