काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्।कोभिड लगायतका कारण कार्ड खरिद गर्न नसकेको भन्दै यातायात व्यवस्था विभागले हालसम्म पनि स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन। विभागले गत वर्षको भदौदेखि स्मार्ट लाइसेन्स वितरण गर्न बन्द गरेको छ।विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार स्मार्ट लाइसेन्स आउन अझै दुई महिना लाग्नेछ। विदेश जाने र अत्यावश्यक भएकाको हकमा भने लाइसेन्स वितरण भइरहेको छ।विभागका प