त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीबाट कुटिए रिक्सा चालक

धनगढी : सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा प्रहरीले रिक्सा चालकलाई कुटपिट गरेको छ। नाकामा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक देवेन्द्र गिरीले रिक्सा चालक विनोद चौधरीलाई कुटपिट गरेका हुन्।नाकामा आफूलाई प्रहरीले कुटपिट गरेको बताउँदै चौधरीले भने, ‘भारतबाट एकजनाको सामान ल्याउँदै थिए। ५० रुपैयाँ दिन भन्नुभएको थियो। सामान काँधमा थियो। सईले लाठीले हान्नु भयो। हात भाँच्चिएको छ।’सीमा पारी नजान भन्दै आफूलाई सशस्त्र प्रहरीले लाठी प्रहार गरेको उनले बताए। यस्तै अर्का रिक्सा चालक