कोसी अस्पतालका चिकित्सक सहित ४६ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालका ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले आज दिउँसोसम्म ४६ जनामा संक्रमण भएको पुष्टि गरे । जसमध्ये ८ जना चिकित्सक, १७ जना नर्सिङ स्टाफ र अन्य कार्यालय […]

सम्बन्धित सामग्री

कोसी अस्पतालका ४० भन्दा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । कोसी अस्पताल विराटनगरका चिकित्सकसहित ४० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले मंगलबार बिहानसम्म ४० भन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए । “अस्पतालको जनशक्ति नै संक्रमित भएपछि विभिन्न क्षेत्रको...

संक्रमितको उपचार बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

विराटनगर / कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्दै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी सोमबारबाट आन्दोलनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएर संक्रमणले महामारीको रुप लिइरहेका बेला संक्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले माग पूरा... The post संक्रमितको उपचार बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा appeared first on Purbeli News.

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ । वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।