३० चैत २००७। त्रिपुरेश्वरस्थित गृहमन्त्रीको आवास। गृहमन्त्री बीपी कोइरालालाई मार्ने उद्देश्यले भरतशमशेर राणाको नेतृत्वमा गोरखा दलका सदस्यहरू दिउँसो ३:३० बजेतिर खुकुरी र खुँडासहित पुगे। उनीहरू बीपीको शयनकक्षमै पुगिसकेका थिए, बीपीले उनीहरूलाई रोक्दै भने, ‘तिमीहरू राम्रो कुरा गर, म सुन्दछु। फर्क, म मार्न चाहन्नँ।’ देशमा प्रजातन्त्र स्थापना भएको राणाहरूलाई पटक्कै पचेको थिएन। त्यसैको प्रतिक्रियास्वरूप राणा भारदारकै […]