ओलीसँगको भेटमा प्रधानमन्त्रीले भनिन्- निर्वाचनको सुरक्षामा शङ्का नगर्नुस्, ढुक्क हुनुस्

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा ढुक्क रहन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।