मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी यो बृहत् प्रदर्शनीको एघारौँ संस्करण पुस ६ गते आइतबार सम्पन्न भएको हो। […]