देउडा संस्कृतिको संरक्षणका लागि हुम्लामा देउडा प्रतियोगिताको सुरूवात

हुम्ला : देउडा संस्कृतिको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा प्रतियोगिता सुरुवात गरेको छ।गत वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिता सुरू गरिएको हो। देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरूले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको शुभारम्भ गरेका हुन्। यही वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ। प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीहरू भेला हु