निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता

भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको पाइएको छ ।

सम्बन्धित सामग्री

करका दर चलाउँदा लाग्ने आरोपबाट बच्न अर्थमन्त्रीको नयाँ जुक्ति !

अर्थमन्त्री वर्षमान पुनका अनुसार आगामी बजेटमा करका दर हेरफेर गर्दा ‘तीन महले’ बनाइने छ । जसमा करका दर परिवर्तन गर्नुका कारण, आवश्यकता र औचित्य उल्लेख गरिने छ ।

करका दर विवाद र यथार्थता

अर्थमन्त्रीले बजेटमार्फत राजस्वका दर चलाउने र त्यसको सर्वसाधारणदेखि सदनसम्म चर्को विवाद हुने रोग बन्दै गएको छ । पछिल्ला तीन–चार वर्षका बजेटमा गरिएका करका दर परिवर्तनमा यस्ता धेरै विवाद आएका छन् । त्यसमा पनि गत वर्षको बजेटमा आएको विवादले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा समेत दिनुपरेको थियो । यो वर्ष पनि यस्तै विवाद झिकिएको छ । करका […]

करका दर परिवर्तन बदर गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ ।निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदर गरी जानकारी […]

विवादित करका दर संशोधन

चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरको विरोधमा पूर्वका उद्योगी व्यवसायी सडकमै उत्रेका थिए । मन्त्रिपरिषद्ले जीआई वायर उद्योगको कच्चा पदार्थ एमएस वायरको आयातमा बजेटमार्फत बढाइएको भन्सार महसुल खारेज ग

‘अर्थमन्त्रीलाई स्वतन्त्र रुपमा करका दर हरेफेर गर्न दिनुहुँदैन’

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् ।पूर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताए । पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो दिन करका दर हेरफेर गर्ने […]

‘करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्छ’

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताएका छन् । बिहीवार अर्थसमितिले समितिले आगामी कार्ययोजनाका विषयमा गरेको छलफलमा पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।उनले अर्थमन्त्रीले बजेट निर्माण गर्दा करका दर तल माथि दुवै हेरफेर गर्ने विषयमा भन्दा पनि अर्थमन्त्रीलाई दिएको अधिकार दुरुपयोग गरेको विषयमा बारम्बार प्रश्न उठेको बताए । पाण्डेले अर्थमन्त्रीले बजेट भाषणको अघिल्लो

विशेष समितिको निष्कर्ष : करका दर फेर्न अरू मान्छे आएको देखिएन

काठमाडौं : चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरेको छ।प्रतिनिधिसभाको आज बसेको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सो प्रतिवेदन पेश गरे। प्रतिवेदनमा अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल, मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको उल्लेख छ।‘करको दर निर्धारणमा अनधि

करका दर निर्धारण हुँदा टिप्पणी उठाउने चलन छैन

१३ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले करका दर निर्धारण हुँदा टिप्पणी उठाउने चलन नरहेको जवाफ दिएका छन् । संसदीय विशेष समितिको प्रतिवेदन अनुसार समितिले बोलाएर छलफल गर्दा उनले यस्तो जवाफ दिएका हुन । प्रतिवेदन अनुसार समितिको प्रश्न थियो, ‘विभाग तथा राजस्व महाशाखाबाट सिफारिस भएको दरभन्दा अन्तिम निणर्य भएको दर के–के मा कति अन्तर छ […]

करका दर हेरफेर गरेको समाचार लेख्ने पत्रकारले दिए बयान

काठमाडौँ– करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको समाचार लेख्ने पत्रकारहरुसँग पनि संसदीय विशेष छानबिन समितिले सोधपुछ गरेको छ। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले जेठ १४ गते राति अनाधिकृत रुपमा व्यक्तिलाई प्रवेश गराएको विषयमा समाचार लेख्ने अन्नपूर्ण पोष्टका पत्रकारसँग सोधपुछ गरेको हो। समितिले बोलाएपछि जानकारी दिन अन्नपूर्णका सम्पादक अखण्ड भण्डारी संसदीय […]