ठूलो वैदेशिक लगानी भित्र्याउने प्रयासमा अर्थमन्त्री, कोरियाली राजदूतसँग आज भेटवार्ता

लगानी सम्मेलनको तीव्र तयारी भइरहेका वेला अर्थमन्त्री वर्षमान पुनले विभिन्न देशका राजदूतहरूसँग लगातार भेटवार्ता गरिरहेका छन् ।  अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै राजदूतहरूसँग भेट गरी नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा जुटेका...

सम्बन्धित सामग्री

प्रतिबद्धता आउँछ लगानी आउँदैन

सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ ।...

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत

नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।...

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत

नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।...

प्रत्यक्ष रुपमा वैदेशिक लगानी भित्र्याउने निजी क्षेत्रलाई सरकारले सम्मान गर्ने

जेठ १५, काठमाडौं  । सरकारले प्रत्यक्ष रुपमा विदेशी लगानी भित्र्याउने निजी क्षेत्रलाई सम्मान गर्ने भएको छ ।   अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । वैदेशीक लगानी भित्र्याउन उत्प्रेरित  गर्नका लागि सरकारले यो व्यवस्था गर्न लागेको हो ।

पाँच वर्षमा १० अर्ब डलर वैदेशिक लगानी भित्र्याउने लक्ष्य

नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त वातावरण निर्माण गरी वैदेशिक लगानी भित्र्याउ सरकार तयार रहेको बताउनुभएको छ । लगानी बोर्डको १०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो बताउनुभएको हो । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले लिएका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेकाले लगानीको वातावरण […]

नेपाल लगानी भित्र्याउने विश्वासिलो ढोका बन्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा नेपाल लगानी भित्र्याउने विश्वासिलो ढोका बन्नुपर्ने बताएका छन्।  बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, ‘नेपालमा लगानीको वातावरण बनाउनुपर्छ। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा विश्वासिलो ढोका बन्नुपर्छ।’ लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानु

कृषि वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध सडकमा उत्रिए सरोकारवाला

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयविरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्

कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध संयुक्त संघर्ष समिति घोषणा

११ माघ, काठमाडौं । कृषिकाे प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलित स्वदेशी उद्योगी व्यवसायीले संघर्ष समिति घाेषणा गरेका छन् । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति घोषणा गरेका हुन् । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको संयोजकत्वमा बनेको समितिमा […]

कृषिमा शर्तसहित वैदेशिक लगानी ल्याउनु पर्ने सरोकारवालाको जोड

कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयसँग यसको पक्ष र विपक्षमा बहस चर्किन थालेको छ। कोही कृषिमा वैदेशिक लगानी भित्र्याउन पर्छ भन्छन् भने कोही भित्र्याउन हुँदैन भन्छन्।

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी खारेज गर्न माग

काठमाडौं । कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्री दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी कृषिमा वैदेशिक लगानी ल्याउने सरकारको निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा देशकै निजी क्षेत्रबाट अर्बौ लगानी भइराखेको अवस्थामा सरकारले अपारदर्शी निर्णय गरेको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देशको अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने बताउनुभयो । निजी क्षेत्रको अर्बौ लगानी रहेको क्षेत्रमा सरकोकारवालाहरुसँग कुनै सरसल्लाह नगरी किसानको हित विपरित चालिएको कदम तत्काल फिर्ता लिनुपर्ने उहाँको भनाई छ । नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले अहिले सम्म लगानी गरेर आधार तयार गरेको क्षेत्रमा प्रतिफल पाउने बेलामा वैदेशिक लगानी ल्याउनु गलत हुने बताउनुभयो । सरकारले कसैलाई पनि थाहै नदिई राजपत्रमा प्रकाशित गरिसकेकोले तत्काल फिर्ता लिनुपर्ने बताउनुभयो । किसान अभियान्ता उद्वव अधिकारीले राजनीतिक अस्थिरता र जनप्रतिनिधिहरुको प्रतिनिधिमुलक संस्था नभएको अवस्थामा सरकारले संकास्पद तरिकाले कृषिमा वैदेशिक लगानी ल्याउने निर्णय गरेको बताउनुभयो । कृषिमा देशभित्रकै लगानी प्रयाप्त भएको अवस्थामा राम्रो योजना दिनुपर्ने ठाउँमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय गरेर गलत गरेको बताउनुभयो । कृषिको प्रारम्भिक उत्पादनका लागि विदेशी लगानी ल्याउनै नहुने अधिकारीले बताउनुभयो । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित डेरी उद्योग, पशुपंक्षिपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी लगायत कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरी पुस २० गते राजपत्रमा प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भइसकेपछि मात्रै थाहा पाएका कृषि क्षेत्रका सरोकारवालाहरुले सरकारको यस्तो निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन् । उनीहरुले यस्तो निर्णयलाई खारेज गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने समेत बताएका छन् ।