ओलीले विदेशीको सेवा मात्रै गरे : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले विदेशीहरुको सेवा मात्रै गरेको आरोप पनि लगाउनुएको छ । बुधबार नेकपा (एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीको लोकप्रियतालाई आफ्नो मात्रै लोकप्रियता ठानेको बताउनुभयो । ओलीमा नेकपा(एमाले)को नेतृत्वमा आएपछि र माओवादीसँग एकीकरण भएपछि पनि शुरु देखिनै गुटगत प्रवृति मात्रै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘विधि, पद्धतीको सधैँ उल्लंघन गर्नुभयो । संगठनात्मक सिद्धान्तको सधै उल्लंघन गर्नुभयो । पार्टीको निर्णय र सहमतीको पालना गर्नुभएन । त्यसको उल्लंघन गर्नुभयो । सहमतीको सधैँ रटान लगाउने तर स्वेच्छाचारी व्यवहार गर्दै आउनुभयो । अनि जबजको नारा लगाउँदै निरंकुश प्रवृत्ति देखाउनुभयो । र जबजको कुरा गर्ने, राष्ट्रिय पुँजिको विकासको गफ चाही गर्ने, तर दलाल पुजिँवादको सेवा गर्नुभयो । विदेशी तत्वको सेवा मात्रै गर्नुभयो ।’ नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउनका लागि राष्ट्रिय भेलाको आयोजना गरिएको दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको रक्षा गरि नयाँ उचाइमा पु¥याउनको लागि रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो , ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उदेश्यका साथ आयोजना गरिएको हो ।’ नेता नेपालले नेकपा(एमाले) भित्रको विवादको जड अध्यक्ष केपि शर्मा ओली भएको दाबी गर्नुभयो । केपी ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भएपनि जबजको हिमायतीको रुपमा प्रस्तुत गरिरहेको उहाँले बताउनुभयो । ओलीले मदन भण्डारीको बिरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ...

सम्बन्धित सामग्री

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ […]

औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शकले गरे अवलोकन

आयोजकले अनुमान गरे भन्दा बढी दर्शकले गरे अवलोकन, आर्थिक कारोवार पनि लक्ष्य अनुरुप  बुटवलमा यही पुस ७ गतेदेखि सञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव मंगलवार समापन...

आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने चेतावनी

चुनाव प्रचारका क्रममा मोरङमा आचारसंहिता उलंघन गरे कारबाही गर्ने प्रदेश निर्वाचन कार्यालय मोरङले चेतावनी दिएको छ।...

जमैकाविरुद्ध अर्जेन्टिनाको जित, मेस्सीले गरे दुई गोल

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे। जुलियन अल्भारेजले एक गोल गरे।...

जबरजस्ती एमसीसी टेबल गरे सरकारमा नरहने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ । संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसी टेबल गरे सरकारमा नरहने निर्णय गरेको हो ।

‘फुटबलमा झेली गरे रेडकार्ड, राजनीतिमा झेली गरे नियुक्ति’ (फोटो फिचर)

काठमाडौं : नागरिक समाज तथा सरोकारवालाहरूले विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई भर्ती केन्द्र बनाएकाे विरोधमा नागरिक अगुवाहररुले काठमाडाैंमा प्रदर्शन गरेका छन्।आइतबार नागरिक अगुवाहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन। नारायण वाग्लेसहितका अगुवाहरुकाे सहभागितामा गरिएकाे प्रदर्शनमा ‘स्वार्थ तिम्रो धर्म होला विरोध गर्नु हाम्रो कर्म हो। फुटबलमा झेली गरे रेडकार्ड राजनीतिमा झेली गरे नियुक्ति’ लगायतका नारासहितको प्लाकार्ड बाेकिएकाे थियाे।

कोरोना महामारीमा कसैले भ्रष्टाचार गरे कडा कारबाही हुन्छ: प्रधानमन्त्री

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा औषधि र औषधिजन्य सामग्री खरिदमा भ्रष्टाचार गरे त्यसलाई नछोडिने दाबी गरे।

धरहराको २० औं तला पुग्नुअघि के के गरे प्रधानमन्त्रीले ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा धरहराको प्रवेशद्वारमा रहेको शिलालेखको उद्घाटन गरे। त्यसपछि ढोकामा राखिएको 'रिबन' काटे। धरहराभित्र प्रवेश गरेपछि पुनर्निर्माण सम्बन्धी राखिएका 'फ्लेक्स'हरूको अनावरण गरे। त्यसपछि प्रधानमन्त्रीले 'लिफ्ट'मार्फत २०औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टि र अवलोकन गरे। प्रधानमन्त्री ओलीले आफ्नै कार्यकाल 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु गरेका थिए।