एजेन्सी। अर्जेन्टिनी प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति निकाेलस मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् । ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका हुन् । प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैन्य बल प्रयोग गर्न सक्ने सम्भावना देखिएको छ। ह्वाइट हाउसका अनुसार ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहणका लागि “विभिन्न विकल्पहरू” माथि छलफल गरिरहेका छन्, जसमा सैन्य हस्तक्षेपको विकल्प समेत रहेको बताइएको छ। ह्वाइट हाउसले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई प्राप्त गर्नु अमेरिकाको “राष्ट्रिय सुरक्षा प्राथमिकता” भएको जनाएको छ। स्मरणीय छ, डेनमार्क […]
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा १५ वर्ष निरन्तर सेवा पुरा गरेका १७५ जना कर्मचारीलाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित विशेष समारोहबीच बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो। समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सञ्चालकहरु राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद […]