एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ दलले प्रदर्शन र जनसभा गर्दै

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ दलले देशव्यापीरुपमा मंगलवार प्रदर्शन गर्दैछन् ।  देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर एमसीसी पारित गराउने रणनीति बनाएको भन्दै काठमाडौंलगायत देशव्यापीरुपमा प्रदर्शन तथा जनसभा गर्न लागेको उनीहरूले जनाएका छन् ।  विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माले), ऋषि कट्टेल अध्यक्ष भएको नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा आन्...