कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालको मृत्यु भएको छ ।
बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ ।
यो सँगै हालसम्म विदेशमा मृत्यु हुने नेपालीको संख्या ३२० पुगेको छ ।
संघका स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले शनिबारसम्म विभिन्न देशमा रहेका ५३ हजार ३८५ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
तीमध्ये पनि ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् ।
यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी...