काँग्रेससँग गठबन्धनको पक्षमा शरतसिंह भण्डारी

चुनावको मिति घोषणा गर्ने समय जति जति नजिकिँदै छ, त्यति त्यति दलका नेताहरूले आआफ्नो क्षेत्र सुरक्षित बनाउनेतिर अग्रसर हुन थालेका छन् । संघ तथा प्रदेशको चुनाव कसरी जित्न सकिन्छ, त्यसको हिसाब किताब आँकलन गर्दै आआफ्नो क्षेत्रलाई सुरक्षित बनाउनेतिर नेताहरू लागेका छन् । यसै क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी काँग्रेसको साथ खोजेको समाचार छ । महोत्तरीबाट पटक पटक चुनाव जित्दै आएका भण्डारीलाई यसपटक सत्ता गठबन्धनले गाह्रो बनाउने हो कि भन्दै उनले काँग्रेसको साथ खोजे