धनुषा र सप्तरीमा प्रतिनिधि सभाको मतपत्रको सट्टा प्रदेश सभाको मतपत्र दिइएपछि विवाद

४ मंसिर, धनुषा । धनुषाको कमला नगरपालिका–६ बिलट बौकु मावि माडन मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान रोकिएको छ । मतदान अधिकृतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिएको पाइएपछि बिहान ९ बजेदेखि मतदान रोकिएको हो । त्यतिबेला ७० वटा मत खसिसकेको थियो । मतदान सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । […]