काठमाडौं : प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले दोस्रो खेलमा पहिलो जित निकालेको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा दिएको १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक ८९ रनमै समेटिएपछि कर्णालीले सहज जित निकाल्यो। सामान्य लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको प्रदेश एक १७.५ ओभरमा ८९ रनमा अलआउट भयो। प्रदेश १ का लागि फिर्दोस अन्सारीले २३ र