नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन्। कारागार कार्यालयका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआईभी/एड्सलगायत रोगबाट पीडित छन्। दीर्घ तथा जटिल रोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको सङ्ख्या बढी छ। तथ्याङ्कअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जनामा मधुमेह […]
काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र रसियाबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा शिक्षा, खेलकुद, जनशक्ति विकास, तथा अन्य पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको […]
संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको सांसद तथा सरोकारवालाले बताएका छन्। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ नेपाल) द्वारा आयोजित ‘गुणस्तरीय समावेशी शिक्षा प्रवर्द्धनमा सरोकारवालाको सिकाइ आदानप्रदान’ कार्यक्रममा सहभागीले शिक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुका साथै राज्यको प्राथमिकता र सोचमा […]
जेरुसेलम, १२ असोज । इजरायली सेनाले सन् २०२३ अक्टोबर ७ मा हमासको घातक आक्रमणका क्रममा संगीत महोत्सवबाट दुई जनालाई अपहरण गरेको दृश्यमा देखिएका एक प्यालेस्टिनी लडाकू मारिएको दाबी गरेको छ । आक्रमणपछि व्यापक रूपमा सार्वजनिक भएको भिडियोमा नोआ अर्गामानी र अविनातान ओरलाई नोभा संगीत महोत्सवबाट लडाकूहरूले अपहरण गर्दै गरेको देखिएको थियो । इजरायली सेनाका अनुसार […]
काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री […]