प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक