ए डिभिजन लिग : एपिएफ-संकटाको खेल पनि गोलरहित बराबरीमा

काठमाडौं : राजधानीमा भइरहेको शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ र संकटाले गोलरहित बराबरी खेलेका छन्। पहिलो खेल पनि बराबरीमा सकिएको थियो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोलरहित बराबरी खेलेको हो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोली जितको अपेक्षासहित मैदानमा उत्रिएका थिए। तर पाएका केही राम्रा अवसरलाई दुवै टोलीले सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए।एपिएफभन्दा लिग