काठमाण्डाै – सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्कालै रिहा गर्न आदेश दिएको छ ।
अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।
बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले प...