सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जनाको मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन एक हाइड्रोको पाइप पड्किँदा दुई कामदारको ज्यान गएको छ । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई कामदारको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर […]

सम्बन्धित सामग्री

दूधकोशी हाइड्रो परीक्षण गर्दा पाइप फुटेर २ जना इन्जिनियरको मृत्यु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ स्थित निर्माणाधिन ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप पड्किँदा २ जनाको मृत्यु भएको छ ।आयोजनाको परीक्षणका क्रममा भएको दुर्घटनामा २ जना इन्जिनियरको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेकानिकल इन्जिनियर अछामका २६ वर्षीया सुवासराज रेग्मी र कन्सल्टेन्ट इन्जिनियर काभ्रेका २९ वर्षीया अर्जुन थापाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार वाइल्डिङ गरेको ठाउँमा पानीको प्रेसर थाम्न नसकेर पाइप फुट्दा दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते भएका मोहम्मद जाबी अख्तर राइनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा ल्याइएको छ ।

सोलुखुम्बुमा फलामको पाइप पड्किँदा २ जनाको मृत्यु

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाइड्रोपावर हाउसमा पाइप पड्किँदा दुई जनाको मृत्यु भएको छ । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार साँझ पाइप पड्किएको हो ।   मृत्यु हुनेहरूमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ का २९ वर्षीय अर्जुन थापा रहेको प्रहरीले जनाएको छ । पाइप पड्किँदा गम्भीर घाइते भएका उनीहरूलाई हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै घाइते भएका सिरहा औरही गाउँपालिका-२ बस्ने २९ वर्षीय मो.जावेतर राइनलाई ...