कांग्रेस संसदीय दलको निर्वाचनः शेरबहादुर देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल, गगन थापाको प्रस्तावकमा शेखर कोइराला

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गराउँदा देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल बसेका छन्। यस्तै थापाको प्रस्तावकमा शेखर कोइराला र समर्थकमा धनराज गुरुङ र विश्वप्रकाश शर्मा बसेका छन्। कांग्रेस संसदीय दलको निर्वाचन बुधबार विहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुँदैछ।