उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता

उपभोक्ता हक अधिकारको क्षेत्रमा काम गर्दै आएका ७  वटा संस्थाहरु एकजुट भएर अगाडि बढ्ने भएका छन् । अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको अवसर सोमबार सात संस्थाले काठमाडौंमा पत्रकारसम्मेलन गर्दै उपभोक्ता अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।  कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।