विराटनगरमा एक फर्निचर उद्योगमा आगलागी, ४५ लाख रुपैयाँ बराबरकाे क्षति

माेरङ - विराटनगरको एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हाे । आगलागीबाट ४५ लाख रूपैयाँ बराबरकाे क्षति भएको छ ।  आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामानमा क्षति पुगेकाे छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । दमकलकाे सहयोगमा आगो निभाइएको छ । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आग...