टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री

भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै 'अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको' बताएको छ।आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ प्रशंसकहरूले एक अर्कालाई टिकटहरू साट्न सक्छन्। आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपका लागि ५ लाखभन्दा बढीले टिकट किनेका छन् ।