साढे ५ खर्बको घाटा बजेट, ३ खर्ब ऋण लिँदा पनि नपुग्ने

सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्बभन्दा रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ३० करोड न्यून देखाइएको छ ।  सरकारले साढे १६ खर्बको बजेट ल्याए पनि राजस्व र वैदेशिक अनुदानबाट जुट्ने रकम १० खर्ब ८८ अर्ब २७ करोड मात्र अनुमान गरिएको छ । यो रकम कुल बजेटभन्दा ५ खर्ब ५९ अर्ब ३० करोड कम हो ।सरकारले आगामी आर्थिक वर्षमा राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड स्रोत जम्मा हुने अनुमान गरेको छ ।

सम्बन्धित सामग्री

मिटरब्याजको झमेला- ‘१५ लाख ऋण दिएर ७४ लाख असुली’

भक्तपुर गट्ठाघरकी राधादेवी श्रेष्ठ (५९ वर्ष) ले चिनजानका व्यक्तिबाट ऋण सापटी लिँदा आफू ठगिएको बताएकी छिन् । उनले एकपटक १५ लाख ऋण लिँदा ७४ लाख र अर्कोपटक ४० लाख ऋण लिँदा...

चिनियाँ ऋण लिन नेपाल सजग

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको […]

अमेरिकाको राष्ट्रिय ऋण ३०० खर्ब डलर नाघ्यो

अमेरिकाको राष्ट्रिय ऋणले अर्को सीमा पार गरेको छ । कुल सार्वजनिक ऋण ३०० खर्ब डलरभन्दा माथि पुगेको अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जनाएको छ । कोभिडबाट उत्पन्न संकट टार्नका लागि वासिङ्टनले आक्रामक रुपमा थप ऋण लिँदा राष्ट्रिय ऋणले सीमा पार गरेको हो । अमेरिकामा राष्ट्रिय ऋण २०१९ को अन्त्यदेखि ७० खर्ब डलरले बढेको जनाइएको छ ।यद्यपि अमेरिकामा कति सम्मको ऋणलाई सीमा पार गरेको भनिने र यो कत्तिको ठूलो समस्या हो भन्ने विषयमा अर्थशास्त्रीहरू भने विभाजित छन् ।  यता, अमेरिकी केन्द्रीय बैंकले २०१५ देखिनै प

२० हजार ऋण लिन नागरिकता नै बन्धकी! ऋण तिर्न नसक्दा अप्ठ्यारोमा रामबिलास

जनकपुर– साहूसँग ऋण लिँदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ कविलासाको एक दलित परिवारमा। उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग रु २० […]

‘वैदेशिक ऋण र अनुदान राष्ट्रिय स्वार्थ हेरेर मात्रै’

सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।...

सार्वजनिक ऋण परिचालनमा प्रश्न, ७० प्रतिशतसम्म ऋण लिँदा फरक नपर्ने विज्ञको सुझाव

चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ ।

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने

काठमाडौं, असोज २० । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात् स्ट्यान्डबाइ लेटर अफ क्रेडिट (एलसी) पनि जारी गर्न पाउने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले मंगलवार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै यस्तो व्यवस्था […]

ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’ धितोमा राखेक

वर्षान्तमा वैदेशिक ऋण लिँदा थपियो मासिक ५ करोड भार

८ भदौ, काठमाडौं । कोभिड महामारीसँग लड्न सरकारले लिएको ऋण समयमै खर्च गर्न नसक्दा ढुकुटीमा अतिरिक्त व्ययभार थपिएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्तिममा लिएको अण सो आर्थिक वर्ष भित्र खर्च गर्न नसक्दा ऋणमा लाग्ने सेवा शूल्क र ब्याजका कारण मासिक ४ करोड ६५ लाख रुपैयाँसम्म अनावश्यक भार थपिएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ […]

बैंकको ऋण लिँदा विचार पुर्‍याउनुपर्ने कुरा

सामान्यतः भविश्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । ऋण लिने व्यक्तिलाई ऋणी भनिन्छ । कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ । देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । […]