एमालेको पार्टी कार्यालय च्यासलमा सर्ने, तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी

काठमाडौं : नेकपा एमालेको पार्टी कार्यालय ललितपुरस्थित च्यासलमा सर्ने भएको छ। थापाथलीमा रहेको पार्टी कार्यालयको ठाउँ सानो भएकाले च्यासलमा पार्टी कार्यालय सार्न लागेको महासचिव ईश्वर पोखरेलले बताएका छन्। महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी। अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’पार्टी कार्यालय सानो भएपछि एमालेका सबै बैठकहरू सोही भवनमा

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक शुरु, विभागलाई पूर्णता दिइने

प्रमुख विपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरुभएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक शुरुभएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । एमालेले बैठक ३ बजेका लागि तय गरेको भएपनि अध्यक्ष केपी शर्मा ओली आधा घण्टा ढिलागरी बैठक कक्षमा पुग्नुभएपछि बैठक ३ः ३० मा शुरुभएको हो । आजको बैठकमा केन्द्रीय विभाग पूर्णताका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी बैठक शुरु, तीन महत्वपूर्ण एजेण्डामा छलफल हुने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बैठक ३ः३० बजे शुरु भएको हो । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार बैठक दिउँसो ३ बजेका लागि तय भएपनि आधा घण्टा ढिलो गरी साढे तीन बजे बैठक शुरुभएको हो । आजको बैठकमा पनि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरु अनुपस्थित रहनुभएको उहाँले जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज विहान ११ बजे बस्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने बैठकले भोलि सोमबार बस्ने केन्द्रीय कमिटीको बैठक एजेण्डा तय गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।