आज दिनभरि झरी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।  गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उच्च पहाडी तथ...

सम्बन्धित सामग्री

देशभर भदौरे झरी, पर्सिदेखि मौसम खुल्ने सम्भावना

काठमाण्डाै - देशभर झरी परेको छ । धेरै ठाउँमा अस्तिदेखि लगातार झरी परिरहेको छ । आज र भोलि पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक/दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने उहाँले जानकारी दिनुभयो । यस्तै, भोलि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार देश...

पश्चिमी क्षेत्रमा झण्डै एक हप्तापछि झरी रोकियो, क्षणिक वर्षाको सम्भावना कायमै

काठमाण्डौ – झण्डै एक हप्तासम्मको लगातार झरी परेको पश्चिमी क्षेत्रको मौसममा सुधार भएको छ । बाढी र डुबानका कारण प्रभावित भएका ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । तर, मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकी पख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तराईमा अब डुबान हुने गरी र बाढी आउने गरी वर्षाको सम्भावना छैन । तर, पहाडी जिल्लामा भने झरीले जमिन गलिसकेकाले पहिरोको जोखिम कायमै छ । मौसमविद् पौडेलका अनुसार आज, भोलि र पर्सी दिउँसो तथा बेलुकाको समयम...

काठमाण्डौसहित देशभर झरी, केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभर झरी परेको छ ।  आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ । भोलि पनि झरी पर्ने सम्भावना छ ।  गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको...

आज देशभर वर्षा, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ  । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो  पानी पर्ने छ । आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम...

आज काठमाण्डौसहित पहाडी क्षेत्रमा दिनभरि नै बादल लाग्ने सम्भावना

काठमाण्डाै - अहिले काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रमा बादल लागेको छ । मौसमविद्काअनुसार आज दिनभरि नै काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ । घाम लागिहाले पनि मलिनो लाग्छ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन  ठूलो पानी पर्ने वा झरी पर्ने  सम्भावना भने छैन । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यसैबीच आज बिहान काठमाण्डौ न्यूनतम तापक्रम हिजोभन्दा तीन डिग्री सेल्सियसले बढेको छ । हिजो काठमाण्डौको तापक्रम ११ डिग्री सेल्सियस रहेकोमा आज...

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

काठमाण्डाै - आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । भोलिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनको अवधि अझै एक महिना बाँकी भएकाले डुबान र पहिरोको जोखिम भने कायमै छ । लगातारको वर्षाले नारायणी नदीको...

देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती,  गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । आज राति […]

देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने

काठमाण्डाै – देशका धेरै ठाउँमा असार अन्तिमसम्म नै झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदो हप्तासम्म नै मनसुन सक्रिय भइ देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा सबै प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले विशेष बुलेटिन निकालेर जानकारी दिएको हो । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको र आउँदो हप्तासम्म नै झरी पर्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । यही बुधवारदेखि मौसम थप सक्रिय भएको हो । आज शुक्रवार मकवानपुर, दोलखा, इलाम, सिन्धुली, दाङ, बाँकेलगायतका जिल्लामा पानी ...

लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम

काठमाण्डाै - लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपर...