आक्रमणपछि आफ्नो खुट्टाबाट तीनवटा गोली निकालिएको इमरान खानको दाबी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गत हप्ता आक्रमणपछि उनको दाहिने खुट्टामा तीनवटा गोली निकालिएको बताएका छन् । खानलाई अघिल्लो बिहीबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा गोली हानिएको थियो । बन्दुकधारीको हत्या प्रयासबाट बचेका भए पनि खानको खुट्टामा गोली लागेर घाइते भएका थिए । सोमबार सीएनएनसँगको कुराकानीमा खानले उनको दाहिने खुट्टाबाट तीनवटा गोली निकालेको र बायाँ खुट्टाबाट गोलीका छर्राका टुक्रा निकालिएको बताए । आक्रमणपछि खानको खुट्टामा प्लास्टर गरिएको छ र उनलाई चिकित्सकले चारदेखि छ