काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेका मुद्दामा विशेष अदालतका कारण सफलता नमिलेको भन्ने भनाइप्रति नेपाल बार एशोसियशनले आपत्ति जनाएको छ। मंगलबार आयोगले पत्रकार सम्मेलन मार्फत विशेष अदालतका फैसलाले न्यायिक सन्तुलन गुमाएको दाबी गर्दै पुनरावलोकनमा जानु परेको बताएको थियो। आयोगले आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरूमा चित्त नबुझी […]